सिरहामा कालोबजारी गरेको भन्दै बम विस्फोट

Domain Registration Nepal प्रकाशित समय 4:39:00 PM
राम नारायण पंडित, सिरहा, ०२ माघ ।सिरहामा केहि समय यता श्रृंखलावद्ध रुपमा बम विस्फोट भईरहेको छ । सिरहाको मिर्चैयामा शुक्रबार साँझ बम बिस्फोट गरिएको छ । सिरहाको मिर्चैयामा रहेको शिला पेटा्ेल पम्पमा बम बिस्फोट गरिएको छ । ५ महिना देखि तराई मधेशमा आन्दोलन जारी रहेपनि शिला पेटेल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहले फोन मार्फत संचारकर्मीहरुको जानकारी गराएका हुन् ।  ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरे । पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्बमा पार्टीका सिरहा इन्चार्ज अबिनास त्यागी सहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गरेको छ । बम बिस्फोट भएपछि स्थानियहरु त्रसित भएका छन् । यसैबिच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई पनि सरकार छाडे्र तराई झर्न आहबान गरिएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । श्रृंखलावद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकर्ता बढाईको छ । यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेटेल पम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »