प्रहरी भ्यान र मोसा ठोक्किदा“ ४ जना घाइते

Domain Registration Nepal प्रकाशित समय 10:28:00 PM
जनकपुरधाम, ३ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तरर्गत महेन्द्रनगरमा प्रहरीको भ्यान र  
मोटरसाईकल एक¬आपसमा ठोक्किदा“ ४ जना घाइते भएका छन् । जनकपुर– ढल्केबर सडकखण्ड अन्गरर्गत  क्षीरेश्वरनाथ नपा–५ मा शनिबार दिउंसो ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको ना १ झ १२५० नम्बरको भ्यान  र मिथिला नगरपालिकाको जमुनीवास बस्ने चन्द्र कुमार श्रेष्ठको ज ६ प ७८२४ नम्बरको मोटरसाईकल एक  आपसमा ठोक्किदा मोटरसाईकलमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
 घाईते हुनेहरुमा मिथिला नगरपालिकाको वडा नं। ३ बस्ने २४ बर्षिय मोटरसाईकल चालक चन्द्र कुमार श्रेष्ठ, मोटरसाईकलमा सवार चालक श्रेष्ठका श्रीमति २२ बर्षिय सन्ध्या श्रेष्ठ, २३ बर्षिय बहिनी दन कुमारी श्रेष्ठ र चालक श्रेष्ठका ७ महिने छोरा राज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाइते मध्ये चालक चन्द्र श्रेष्ठकी बहिनी दन कुमारीको अवस्था गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ । घाइते चारै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । दन कुमारीको टाउको र अनुहारमा चोट लागेको तथा अन्य तीन जनाको घुंडा र खुटटामा चोट लागेको अस्तपताल श्रोतले जानकारी दिएको छ । महेन्द्रनगरबाट जमुनीवास जांदै गरेको अवस्थामा महेन्द्रनगर –५ मा ईप्रका महेन्द्रनगरको प्रहरी भ्यानले पछाडीबाट मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल दुर्घटना भई चारै जना घाइते भएको पीडित श्रेष्ठले बताए ।
यता, महेन्द्रनगर–ढल्कर सडकखण्ड अन्तरर्गत प्रहरीको भ्यानमा मोटरसाइकले पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले टुडेलाई बताए ।
घाइतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको पोखरेलले जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »