सहिद परिवकारको वेवास्ता

Domain Registration Nepal प्रकाशित समय 5:05:00 AM
राम भरोसी यादब, सिरहा, माघ ५ ।पहिलो मधेस आन्दोलन र  प्रथम मधेस सहिद रमेश महतोको  पर्यापाबाची जस्तै बनेको छ । २०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए । तर मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोका परिवारको दुःख उस्तै छ ।प्रत्यक वर्षको माघ ५ गते जस्तै भोली पनि सिरहाको लहानस्थित सहिद चोकको शालिक तामझामका साथ सिंगार पेटार गरिएको छ । विडम्वना लहानदेखि करिव १५ किलोमिटर दक्षिण रहेको उहाँको गाउँ मझौरा–४ मा उहाँका बुबा ७० वर्षिय रवि महतोलाई कुनै जानकारी छैन । आज अपरान्ह सहित महतोको घर पुग्दा उहाँका बुवा रवि महतो  घर नजीकैको खेतमा काउली गोडीरहनु भएको थियो ।
पहिलो वर्षहरुमा नेताहरुले कार्यक्रमबारे खवर पठाउने, लिनलाई गाडी पठाउने गरेपनि दुई तीन वर्षदेखि कार्यक्रमबारे जानकारी गराउन पनि कन्जुस्याई गर्न थालेको बुवा रवि महतोले गुनासो गर्नु भयो । ‘हामीलाई नेताहरुले खोजेन भन्ने कुनै गुनासो छैन, हामी उनलाई (सहिद महतो)  प्रत्यक पल सम्झिरहन्छौं, उनले गरेको बलिदानीप्रति आजपनि मलाई उत्तिकै गर्व छ’ बुवा महतोले भने ।
संघको सीमाङ्कनकै मुद्दामा पाँच महिनाभन्दा लामो समयसम्म चलेको आन्दालेन र त्यसमा जनताको न्यून सहभागीतालाई इंगित गर्दै बुवा महतोले भन्नुभयो, ‘जसले जस्तो काम गर्छ उसले त्यसको सजाय भोग्नै पर्छ । नेताहरुले जनताको विश्वास गुमाएको छ, त्यसैले आज उनीहरुको साथ दिन हिचकिचाई रहेको छ ।’
उहाँले मधेसावादी सदले उठाएको मुद्दा सहि भएपनि उनीहरुले सहिद परिवार, घाइतेका परिवार र जनतालाई विश्वासमा लिन नसकेको गुनासो गर्नु भयो ।  उहाँले सहिद दिवसमा अव मलाई आधिकारीक सूचना नआएसम्म नजाने पनि बताउनु भयो । उहाँले  भन्नुभयो, ‘म घरमै रमेशको फोटोमा फूलमाला चढाउँछु । पार्टीले आधिकारीक सूचना नपठाएसम्म जान्न ।’
संविधानको मस्यौदा आउँदा केही आस जागे पनि सबैका भावना नसमेटिएकोमा सहिद परिवारलाई चिन्ता छ । नयाँ संविधानले सहिदका सपना पूरा गर्नेमा आशंका छ । ‘जनताका भावनाअनुसार संविधान बनेर देशमा शान्ति आए उहाँ (सहिद) को सपना पूरा हुन्थ्यो’, सहिदकी आमा रानोले भनिन, ‘तर, खै के होला र, दलका नेता हानथापमा छन् ।’
लोकतन्त्र र जनअधिकारका लागि सहिदले बलिदान गरेका भएपनि यतिका वर्ष बित्दा पनि मुलुकमा राजनीतिक स्थिरता कायम नभएकामा सहिद परिवार चिन्तित छ । नयाँ संविधानले सहिद परिवारको जीवन जिउने आधार तय गर्नुपर्ने उनीहरूको माग छ । ‘सहिद परिवारलगायत आमनेपालीलाई शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरिनुपर्छ’, भगवतीले भनिन, ‘युवालाई देशमै बस्ने वातावरण संविधानले व्यवस्था गर्नुपर्छ ।’ देशमा बन्द हडताल अन्त्य हुने व्यवस्था पनि उनले माग गरिन् ।
    अहिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आन्दोलनमा सहिद हुनेहरुका परिवारलाई ५० लाख नगद, नोकरी र शिक्षाको प्रवबन्ध गर्ने भनाई सुनेकी सहिदकी आमा भगवतीले भनिन्, ‘तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको बचन त पुरा भएन् । अब के होला ? सहिदका बुवा रविले भने, ‘मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोराले सहादत प्राप्त गरे पनि हामीजस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए, त्यसपछि कोही आएका छैनन् ।’
    हरेक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा (रमेश)को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्ने गरेको रविले सुनाए । मधेस आन्दोलनपछि उदाएका दल पदका लागि विभाजित भएको सुनाउँदै उनले भने, ‘मधेसी नेताहरू आफैं लडाइँ गरेर फुटेको देख्दा मन दुख्छ ।’
    फुट र विभाजनले कसैको हित नगर्ने जनाउँदै रविले सबै मिले मात्र देश बलियो हुने बताए । ‘सबै मिले देश बलियो हुन्छ, मधेसी जनता अधिकार सम्पन्न हुन्छन’, उनले भने, ‘भिनभिनाउज (अलग भएर) देश चल्दैन ।’
    उनले सबै क्षेत्र समुदायका नागरिकको अधिकार सुनिश्चित हुने संविधान बन्नुपर्ने बताए । ‘छोरा त गुमाएँ, मधेसी जनताले पनि अधिकार पाऊन, देशबासी एकजुट रहून, अधिकारबाट कोही वञ्चित हुनु नपरोस्’, रविले भक्कानिँदै भने ।

    देशलाई टुक्रामा विभाजन गरेर कसैको भलो नहुने उनको विचार छ । ‘सबै जाति समुदाय र क्षेत्रलाई एउटै मालामा जोडेर लाने संविधानले देश र जनताको भलो हुन्छ’, उनले भने । सहिद र तिनका आश्रित परिवारलाई राहत र सहानुभूति दिने कुरा गफमै सीमित भएको बताउँदै उनले भने, ‘सहिदप्रति सबै अनुदार देखिए ।
मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा गर्दै गर्दा आमा रानो छोरो सम्झेर भकानिँदै थिइन् । संविधानको विषयमा आफूलाई केही थाहा नभएको जनाउँदै उनले भनिन, ‘मजस्ता धेरै छोराका आमा यसरी नै रोइरहेका छौं, आँसु पुछ्ने कोही नेता भएनन् ।’
    उनले छोराको प्रतिमा सधैं सुरक्षित रहोस् भन्ने चाहन्छिन् । ‘यहाँ परिवर्तनसँगै प्रतिमा भत्काउने चलन छ, त्यस्तो नहोस् । हामीलाई छोरो सम्झने र जीवन जिउने माध्यम त्यही हो ।’
खोलो त¥यो लौरो विस्र्यो, यो लोकोक्ती नेपाली उखान हो तर यो गाउं खाने कथा भएको भए यसको सटिक उत्तर हुन्थ्यो सहिद ।  एकातिर न्याय र समानता खोज्ने मधेशीहरुको उच्च आकांक्षामा राजनेताहरुले गरेको राजनैतिक वेईमानी तथा कुठाराघात । अर्को तिर सहिद र आन्दोलनमा घाईते भएकाहरुको दुर्दशा र परिवारहरुको विच्चली । अधिकारकर्मी दुर्गा महतो भन्नुहुन्छ ‘ज्वरो मापन गर्ने थर्मामिटर जस्तो जनतामा छाएको वितृष्णा र निराशा मापन गर्ने कुनै सरल यन्त्र छैन नत्र सोझासाझाहरुले पनि भन्थे व्यर्थै नागरिकहरु वलिदानी भावनाले ओतप्रोत हुदां रहेछन् । ’
यसैबीच शुक्रबार सिरहाको गोलबजारमा कोण सभालाई सम्बोधन गर्दै मधेशका नेता मातृतका यादवले भने, ‘जीवनको कुनै मूल्य हुँदैन, यो अमूल्य छ । मधेशी नेताहरुले साहादत प्राप्त गर्नेका परिवारलाई ५० लाख क्षतिपूर्ति दिने निर्णय अपरिपक्व भन्दै उनले भने, ‘आन्दोलमा साहादत प्राप्त गर्नेहरुका परिवारलाई राहत दिन सकिन्छ । क्षतिपूति गर्न सकिँदैन ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »