महतोको स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना

Domain Registration Nepal प्रकाशित समय 7:19:00 AM
राम नारायण पंडित, सिरहा, १८ पौष ।सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शिघ्र स्बास्थ्य लाभको कामना गर्दै आज (शनिवार) सिरहाको गोलबजारमा प्रार्थना सभा गरिएको छ । सदभाबना पार्टी जिल्ला कार्य समिति सिरहाको आयोजनामा भएको प्रार्थना सभाबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रभावशाली नेता तथा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महतोको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको सदभावना पार्टीका केन्द्रिय सदस्य रोहित महतोले जानकारी दिए । गोलबजारमा रहेको धमनी मन्दिरको प्रांगनमा आयोजना गरिएको प्रार्थना सभामा सदभाबना पार्टीको साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ता, स्थानियबासी, बुद्धिजिबि लगायतका ब्यक्तिहरुले महतोको सिघ्र स्बास्थ्य लाभको कामना गरेका हुन् । मधेश आन्दोलन सुरु भएसँगै मधेश केन्द्रित भई लगातार आन्दोलनमा होमिएका महतोमाथि विराटनगरमा आक्रमण हुँदा मधेश भरि त्यसको विरोध भईरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »