आनदोलनमा थप उर्जा थपनका लागि महतो विराटनगर जाँदै

Domain Registration Nepal प्रकाशित समय 10:07:00 PM
विराटनगर, माघ ८ । सप्तरीको हनुमाननगर पुगेका सदभावना अध्यक्ष राजेन्द्र महतो हिजो रङ्गेलीमा सहिद भएकाहरुका परिवार र घाइते भएकाहरुलाई भेट्न विराटनगर जाँदैछन् । आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रमहरुलाई रद्द गरेर उनी विराटनगर जान लागेको उनका सहयोगी सञ्चारकर्मी पंकज दासले बताएका छन् । अध्यक्ष महतो रङ्गेली र डायनियाँ वुगेर सहिद परिवारलाई भेट्नेछन् भने विराटनगरका अस्पतालमा रहेका घाइतेहरुको पनि स्वास्थ्यस्थिति बुझ्ने छन् । यसैबीच रङ्गेली घटनाको विरोधमा आज विराटनगरमा विशाल शक्ति प्रदर्शन हुनेभएको छ । हिजो सुरक्षाकर्मीद्वारा हत्या गरिएकाहरुलाई सहिद घोषणा नगर्दासम्म अन्तिम संस्कार नगर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »