सिरहामा म्याराथन दौड प्रतियोगिता सम्पन्न

Domain Registration Nepal प्रकाशित समय 7:15:00 AM
सरोज कुमार पासमान, २८ पुष । तराई मधेसमा जारी अधिकार प्राप्तिको आन्दोलनको निकास वार्ता र सम्वादवाटै निकाल्न आग्रह गर्दै मंगलबार सदरमुकाम सिरहामा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको छ ।जारी मधेस आन्दोलनको १५० औं दिनमा १ सय ५० जनाको सहभागितामा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो । डेढ किलोमीटर लामो दौड प्रतियो गितमा विभिन्न विद्यालय र स्थानीय युवाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बाजुमावि फुलबरीयाका रमेश कुमार यादव ९प्रथम०, सिरहा नगरपालिका २ का विजय कुमार यादव ९दोस्रो०, कल्याणपुर डोकहाका राकेश कुमार यादव ९तेस्रो०, अजय कुमार साफी ९चौथो० र प्रदीप कुमार यादव ९पाँचौं स्थान प्राप्त गरेका छन् ।आदर्शनगर टोल विकास केन्द्रले आयोजना गरेको खुल्ला म्याराथन दौड प्रतियोगिताका प्रथम भएका रमेश कुमारलाई नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादवले कप, प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै दोस्रो पुरस्कार केन्द्रका सदस्य पवन यादव, तेस्रो पुरस्कार पत्रकार सुरेन्द्र कुमार कामति, चौथो पुरस्कार युवा विवेक यादव र पाँचौ पुरस्कार लक्ष्मण साहले वितरण गरेका थिए ।महासंघ अध्यक्ष यादवले राज्य र आन्दोलनरत पक्षले सहमतिमा मुलुकलाई निकास दिनुपर्ने बताए । लामो बन्द, हडतालले तराई मधेसका जनजीवन अत्याधिक प्रभावित भएको भन्दै अध्यक्ष यादवले सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताको भावना बुझेर निकास निकाल्नु पर्ने बताए ।तराई मधेसमा जारी आन्दोलनमा विभिन्न संघसंस्थाले आफ्नो ऐक्यवद्धता र प्रर्दशन जारी राखेको समयमा केन्द्रले म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको केन्द्रको अध्यक्ष कपिलदेव यादवले बताए ।कार्यक्रमको उद्घोषण शिक्षक शत्रुधन यादवले गरेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका सचिव रामकिशोर यादव, स्वागत मन्त्वय पवन यादवले राखेका थिए । कार्यक्रममा नविन यादव, लक्ष्मण साह, सर्वनारायण झा, धिरेन्द्र साह लगायतले मन्त्वय राखेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »