सिरहा प्रहरीले गरे फरार अभियुक्त गिरफतार

Domain Registration Nepal प्रकाशित समय 10:09:00 PM


राम नारायण पंडित, सिरहा, १४ माघ । सिरहा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेका छन् । अदालतवाट कैद तथा जरिवाना सजाय भई फरार अभियूक्तहरुको खोजतलाश गर्ने अभियान अन्र्तगत बुधबार गोलबजार प्रहरीले  दुई जनालाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले महनोर ३ वस्ने मुगाई मुखियाको छोरा ४६ बर्षीय शिबराम मुखिया र  शिबराम मुखिायको पत्नी ३६ बर्षीय मालती देवी भन्ने मानती देवी मुखिया पक्राउ गरिएको छ । जिल्ला अदालतको  सिरहाको  मिति २०५३ माघ ३ गतेको फैसलाले जारी  मुद्दामा १ महिना कैद तथा रु.१ हजार जरिवाना सजाय भई फरार रहेकाले उनीहरुलाई पक्राउ गरिएको छ । घरमा लुकीछिपी वसिरहेको अवस्थामा पक्राउ गरि दुवै जनालाई आबश्यक कारवाहीको लागी अदालतमा बुझाईएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »