विरगन्ज नाका सुचारु भएको केही घन्टामै युवा गठबन्धनले गरे पूर्ण ठप्प

Domain Registration Nepal प्रकाशित समय 10:41:00 PM

वीरगन्ज, १५ माघ । आज बिहान ६ बजे खाली ट्रक नेपालबाट भारत प्रवेश गरेको सूचना प्राप्त गर्ने बित्तिकै संघीय समावेशी मधेशी युवा गठबन्धनका नेता तथा कार्यकर्ताहरुले पुनः नाका ठप्प पारेका छन् । आन्दोलनको प्रभाव कम भएको गुनासो आएपछि अहिले रिक्सा, टाङ्गा, टेम्पु पनि बन्द गराई युवा गठबन्धनले टायर बाली मितेरी पुलमै प्रदर्शन गरिरहेका छन् ।युवा गठबन्धनका संयोजक इश्वरचन्द्र यादव, सल्लाहकार ओमप्रकाश सर्राफ, रोशन पटेल, धर्मेन्द्र पटेल, कृष्ण पटेल, असरफ मन्सुरी, महेश पटेल, विष्णु पटेल, रमेश सहनी लगायतका सहभागी रहेका छन् । त्यसैगरी, बिहानदेखि नाका खुलेको सूचना प्राप्त हुने बित्तिकै बाराबाट पनि संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्यद्व्य राम किशोर यादव र प्रमोद गुप्ता, जिल्ला अध्यक्ष रामबाबु कुमार यादवको नेतृत्वमा सिकेन्द्र दास लगायत ४० जना मितेरी पुलमा पुगि धर्ना जारी राखेका छन् । अब नाकाबन्दी झनै सशक्त हुने नेताहरुको भनाइ रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »