सिरहामा भएको आगलागीमा ४० लाखको क्षति

Domain Registration Nepal प्रकाशित समय 10:57:00 PM

राम नारायण पंडित, मुकेश यादब, सिरहा, १८ माघ
 सिरहाको गोलबजारमा रहेको एक कम्प्युटर पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोलबजार  नपा ६ स्थित रहेको सुधिर इन्टरप्राइजेजमा आइतबार राती आगलागी हुँदा ४० लाख भन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाले बताए । आगलागीबाट चार लाख १५ हजार नगद, विक्रिको लागि राखिएको चार सेट सीसी क्यामेरा, ल्यापटप, कम्प्यूटरका पार्टपूर्जा लागायतका सामाग्रीहरु जलेर पुर्ण रुपमा नष्ट भएको संचालक सुधिर साहले दुखेसो पोखे । आगलागी रहस्यमय भएको संचालक साहले बताए पनि विद्युत सर्ट भएर आगलगी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । विद्युत सर्ट भएको भनिए पनि  विद्युत सर्ट भएर आगो लाग्न सक्ने ठाउँहरुको विद्युतिय सामग्रीमा कुनै क्षति नपुगेको बताइएको छ । यता रातभर विद्युत नरहेकोले विद्युत सर्ट नभएको संचालक साहले जिकिर गर्नु भएको छ । आगो स्थानीय वासीन्दा र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »