मधेसी र पहाडिया अतिवादीका कारण देश संकटग्रस्त बन्यो : मन्त्री यादव

Domain Registration Nepal प्रकाशित समय 10:09:00 PM
सिन्धुली, पुस ३० । सिंचाई मन्त्री उमेश यादवले मधेसी र पहाडिया अतिवादीका कारण देश संकटग्रस्त बनेकाले संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित दोस्रो नगरपरिषद्बाट पारित कार्यक्रमहरु सार्वजनिकीकरण समारोहमा मन्त्री यादवले नेपालका सबै राजनीतिक शक्ति मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताए ।उनले भूकम्प पीडितहरुको समस्या छिटो समाधान गर्न सरकार तत्पर रहेको भए पनि प्रतिपक्षले अवरोध पु¥याउने काम गरिरहेको आरोपसमेत लगाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »