सिमामा भएको अवरोध हटेपछि मधेसवादी दलहरुलाई राजनीतिक हित हुने एमाओवादीका अध्यक्ष प्रचण्डको भनाई

Domain Registration Nepal प्रकाशित समय 6:55:00 AM
महोत्तरी।२०  पुस । एमाओवादीका अध्यक्ष प्रचण्डले सीमामा भएको अवरोध जति छिटो खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुने बताएका छन्। प्रदेश नं। २ को प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा सोमबार दिँउँसो महोत्तरीको बर्दिवास पुगेका अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन् मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ।’अध्यक्षले अगाडि भने, ‘एमाओवादी पार्टी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको जनताले बुझेका छन् तर केही मान्छे यो प्रक्रिया भाँड्न लागेका छन्।’ ‘हामी युद्वमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोकेका थिए, यदि ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो, यो कुरा मैले मधेशवादी दलहरुलाई बारम्बार भन्ने गरेको छु’ उनले भने।हिजो हुने भनिएको निर्णायक वार्ता हुन नसके पनि निर्णायक वार्ताको प्रयासमा भने अघि बढेको बताए।अहिलेसम्म भएका वार्ता र छलफलका प्रयासहरु एमाओवादी कै पहलमा भएको पनि उनले दाबी गरे।सदनमा मन्त्रीहरुको जवाफ सकिएपछि २ वटै विधयकहरू अगाडि जाने उनको भनाई थियो । सबैले माने भने हिजो भनिएको सिमाङ्कनको क्लष्टर आफूहरुले पनि मानेर जानेमा कुनै समस्या नभएको अध्यक्ष प्रचण्डले जानकारी दिए। उनले क्लस्टरको निम्ति ३ महिना भित्र सिमाङ्कनको टुङ्गो लगाउने बारेमा सबै पार्टी नजिक पुगेको बताए।देशको परिस्थिति नै सन्तुष्टि हुने खालको नभएको बेला पनि आफ्नो पार्टीले मन्त्रीहरुको कामकारबाही प्रभावकारी बनाउन समिक्षा गरिरहेको अध्यक्ष प्रचण्डले बताए। मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेनि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पारे। सभारःटुडेखबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »