घर भत्काएको आरोपमा डिएसपी चतुर्वेदीसहित पांचमाथी अवहेलना मुद्दा

Domain Registration Nepal प्रकाशित समय 9:49:00 PM
लहान, २१ पुस । सिरहाको लहान २ स्थित जग्गा विवादमा भोगचलन गर्दै आएका विष्णु साहको जग्गामा रहेको घर पसल भत्काएको आरोपमा ईलाका प्रहरी कार्यालय लहानका डिएसपीसहित पांचमाथी एकै दिन दूई थरिको मुद्दा परेको छ । विष्णु साहका वारेस महेन्द्र साहले सिरहा जिल्ला अदालतमा चढाएको निवेदनपत्र अनुसार लहान २ स्थित रहेको कि.नं. ६२९ को ०—०—१२ जग्गामा निर्माण रहेको घर तथा पश्चिमतर्फ रहेको कम्पाउण्ड वालसहित विष्णु साहले भोगचलन गर्दै आएको थियो । सो निर्माण गरिएको घरलाई इन्द्रकुमार यादव, कृष्णदेव यादव र जग्रनाथ यादवसहितले हसेरी ल्याई राता राता भत्काएकोले निषेधाज्ञाको आदेश जारी गरी पाउं भनी अदालतमा मुद्दा दायर गरिएको छ । सोहीक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदी र इन्स्पेक्टर चन्द्र राजवंशीसंग यादवपक्षले मिलोमतो गरी निजहरुलाई पक्ष प्रभावमा पारी पुस १८ गते राती ११ बजेतीर डोजर लगाई सो घर भत्काएको छ । घर भत्काउंन मिलोमतो गरेको आरोपमा डिएसपी चतुर्वेदी र राजवंशी उपर साहले अवहेलनामा कारवाही र अत्तरीम आदेश सहितको आदेश जारी गरी पाउं भनी आदालतमा निवेदन दर्ता गराएको जानकारीमा आएको छ । घर भत्काउंने क्रममा विष्णु साह र उनकी पत्निलाई समेत घाईते बनाएका छन् । यादवपक्षका केही व्यक्ति समेत समान्य घाईते भएको छ । यसअघि यादवपक्षले विष्णुसाहकै घर भत्काएको कारण आदालतले २०७० असोज २ गते इन्द्रप्रसाद यादव र कृष्णदेव यादवलाई जनही ५० हजार भराई पाउने ठहर गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »