मधेसीको जाईज माग सम्बोधन नगरे आनदोलन बर्षो चल्ने : लेखि

Domain Registration Nepal प्रकाशित समय 10:14:00 PM
 युएई, ४ माघ   ।  मधेसीका जायज मागलाई सरकारले सम्बोधन नगरे चलिरहेको आन्दोलन वर्षौ चल्न सक्ने  नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी सभाका संयोजक राजकुमार   लेखिले बताउनुभएको छ ।
प्रवासी थारु समाज युएईको चौथो वार्षिक भेला तथा समाजले दुबईमा गरेको माघी  विशेष कार्यक्रमका लागि युएई आउनु भएका नेता लेखीले देशलाई टुक्राउने सिके रावतको सिद्दान्त र    मधेसलाई स्वतन्त्र छुट्टै देश बनाउने जयकृष्ण यादवको पक्षमा आफूहरु नरहेको बताउनुभयो ।
थारुका जायज  मागलाई शान्तिपूर्ण आन्दोलन मार्फत सम्बोधन नगरिए देशभित्र बसेरै आफूले वर्षौ आन्दोलन जारी राख्ने उहाले बताउनुभयो ।
आदिवासी जनजाती साम्प्रदायिक र अराजकतामा विश्वास नगर्ने भन्दै आफूहरु  मुलधारको आन्दोलनको पक्षमा रहेको नेता लेखीले बताउनुभयो  ।आदिवासी जनजाति कुनै अन्य जातिको  अधिकार खोस्न नभई २ सय ५० वर्ष पुरानो एकल जातीय अधिकार र केन्द्रिकृत राज्यको बिरोधमा रहेको भए  पनि बाहिर भ्रमपूर्ण प्रचार गरिएको उहाँले बताउनुभयो ।
 आइतबार युएईमा लेखीले आफू नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष हुँदादेखि आफूलाई मधेसको कटु विरोधी भनिए पनि आफूले एक मधेस एक  प्रदेशको मात्र विरोध गरेको बताउनुभयो ।नेता लेखी गएको शुक्रबार देखि युएईमा रहेका थारु तथा आदिवासी संघसंस्थाले आयोजना गरेका विभिन्न अन्तर्कृया कार्यक्रममा सहभागिता जनाउदै आउनुभएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »