गोलबजार प्रहरीको सक्रियताले एक सत्तामा तीन फरार गिरफ्तार

Domain Registration Nepal प्रकाशित समय 11:09:00 PM
दिनेश्बर प्रसाद गुप्ता, सिरहा, २१ पौष । इलाका प्रहरी कार्यालय गोलबजारले अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्त खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत एक सत्ता भित्रमा तीन फरार अभियुक्तलाई गिरफ्तार गरेको छ । अभियान अन्तर्गत पुस २० गते विहान गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले गोलबजार नगरपालिका २ वस्ने प्रेमकुमार लामाका छोरा ३८ बर्षीय नैन लामालाई गिरफ्तार गरिएको छ । जिल्ला अदालत सिरहाको मिति २०७२ भदौ १ गतेको फैसलाले कम्प्यूटर अपराध मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका लामालाई गोलबजार प्रहरीले विशेष सुराकीको आधारमा गिरफ्तार गर्न सफल भएको हो । लामालाई आफ्नै घर वतनमा लुकीछिपी वसिरहेको अवस्थामा फेला पारी प्रहरीले गिरफ्तार गरिएको छ । लामालाई सिरहा जिल्ला अदालतमा दाखिला गराईएको गोलबजार प्रहरीले जनाइएको छ । एक सत्तायता गोलबजार प्रहरीले एक महिला र दूई पुरुष गरी तीन फरार अभियुक्तलाई गिरफ्तार गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »