मधेश पत्रकार महासंघ गठन

Domain Registration Nepal प्रकाशित समय 9:02:00 PM
राजविराज, १९ पुस । मधेशका सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानहरुको वृहत हकहित तथा रणनीति निर्माणमा सबल उपस्थितिकालागि मधेश पत्रकार महासंघ, नेपाल गठन गरिएको छ ।शनिबार जनकपुरमा पर्सादेखि मोरङसम्मका सञ्चारकर्मीहरुको भेलाले बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । समितिमा हिमांशु चौधरी, दीपेन्द्र चौहान, राजेश कर्ण, दिनेश्वरप्रसाद गुप्ता, चन्द्रदेव कामती, अनिल तिवारी, सन्तोष सिंह, विश्वनाथ ठाकुर, हरिप्रसाद मण्डल, महेश दास, रामअशिष यादव र रिंकु मिश्र सदस्य रहेका छन् ।समितिले विधान मस्यौदा निर्माण र अवधारणा पत्र लेखनकोलागि रामअशिष यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । राजेश कर्ण, सुरेश यादव, हिमांशु चौधरी, नवीन साहलाई समितिको सदस्यमा चयन गरिएको छ । भेलामा सञ्चारकर्मीहरुले मधेशका सञ्चारगृहको संरक्षण गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »