सिरहामा मोटरसाइकल चेकजाचमा कडाई

Domain Registration Nepal प्रकाशित समय 5:12:00 PM
राम नारायण पंडित, सिरहा, ०३ माघ । सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई गरिएको छ । मधेशमा लामो समय देखि जारी रहेको आन्दोलनको कारणले सबारीसाधन चेकजाँचमा केहि खुकुलो गरेपनि अब मोटरसाइकल चेकजाचमा कडाइ गरिएको अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले जानकारी बताए । खास गरी बिना हेलमेटको, बिना नम्बर प्लेटको, मादकपदार्थ सेबन गरी, क्षमता भन्दा बढी व्यक्ति सबार भएको मोटरसाइल र चलकहरुलाई नियन्त्रणमा लिइ प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिरहेको नायब निरिक्षक सोडारी जानकारी दिए । चेकजाचको क्रममा शनिबार नियन्त्रणमा लिइएको १ सय भन्दा बढी चालकहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कबिन्द्र कार्की र अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले एक घण्टा टा्फिक सम्बन्धि प्रशिक्षण दिइएको थियो । यो क्रम जारी नै रहेको नायब निरिक्षक सोडारीले बताए ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »