मोर्चाद्धारा आन्दोलनका कार्यक्रमहरु घोषणा

Domain Registration Nepal प्रकाशित समय 7:57:00 AM
२५ पुस ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमा नाका जारी धर्नालाई निरन्तरता दिंदै थप शसक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।मोर्चाले शनिबार विज्ञप्ति जारी गर्दै करिब ५ महिनादेखि जारी मधेस आन्दोलन जारी रहेको उल्लेख गर्दै आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेको हो ।मोर्चाद्धारा सार्वजनिक गरिएको आन्दोलनका थप कार्यक्रमहरु अन्तरर्गत पुस २८ गते मंगलबार प्रत्येक जिल्लाको सदरमुकाममा विशाल जुलुस प्रदर्शन एवम् सभा गर्ने कार्यक्रम रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।यसका साथै आन्दोलनका कार्यक्रमहरुमा पुस ३० गते विहिबार प्रत्येक जिल्लाको सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा सरकारद्धारा गरिएको हिंसा हत्या एवम् दमन सम्बन्धिको फोटो, चित्र तथा वृतचित्र प्रदर्शन गर्नुका साथै आगामी माघ २ गते शनिबार प्रत्येक जिल्लाको सदरमुकाममा सरकारको विरोध स्वरुप विशाल लाठी जुलुस प्रदर्शन एवम् सभा गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।थप कार्यक्रमहरुमा आगामी माघ ४ गते सोमबार प्रत्येक जिल्ला सदरमुकाममा भेला भई मशाल जुलुस प्रदर्शन एवम् सभा गर्ने तथा माघ ५ गते मंगलबार प्रत्येक जिल्लाको सदरमुकामहरुमा मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण स्वरुप भव्य रुपमा बलिदानी दिवस मनाउने घोषणा गरेका हुन ।माघ ७ गते प्रत्येक गाउं नगर तथा क्षेत्रहरुको चोक चोराहामा विरोध सभा गर्ने घोषणा संगै विरोधका ती कार्यक्रमहरु अतिरिक्त आन्दोलनका जारी अन्य कार्यक्रमहरु निरन्तर रुपमा यथावत नै रहेको उल्लेख संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मण लाल कर्ण र तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादबद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »