अन्र्तगत गोलबजार नगरपालिका १ मुक्सार वस्ने ५५ बर्षीय मौजे यादव र सोही नगरपालिका १ वस्ने ४३ बर्षीय राम जतन यादवलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटीएको प्रहरी गस्ति टोलीले जिल्ला अदालत सिरहाको २०५५ कार्तिक १२ गतेको फैसलाले कुटपिट मुद्दामा रु.१७१ रुपैया ४३ पैसा जरिवाना सजाय भई फरार रहेका ५५ बर्षीय मौजे यादव र ४३ बर्षीय राम जतन यादवलाई घरबाटै पक्राउ गरीएको छ । पक्राउ गरिएको दुवै जनालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहा पठाईएको छ ।
