स्वतन्त्र मधेश गठबन्धनका तीन कार्यकर्ता विशेष अदालतमा पेस

Domain Registration Nepal प्रकाशित समय 6:51:00 AM
काठमाडौं २० पुस । स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्तालाई सोमबार विशेष अदालत काठमाडौंमा पेस गरिएको छ । गठबन्धनका उपाध्यक्ष चन्दन सिंहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार तीनै जना कार्यकर्ताहरुलाई ११ बजेतिर अदालतमा ल्याइएको छ ।सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले हुलाकी न्यूजसँगको कुराकानीमा सोमबार उनीहरुलाई विशेष अदालतमा पेस गरेको बताए ।हुलाकीसँग ज्ञवालीले भने,‘उनीहरु मधेशलाई टुक्रयाउने योजना अनुसार काम गर्दै आएका छन् । उनीहरु मधेशको बेग्लै झण्डा फहराउँदै, मधेशको बेग्लै राष्ट्रिय गान बजाउँदै हिडेका छन् । अहिले उनीहरुको गतिविधि तीब्र भएको छ ।’ज्ञवालीका अनुसार सिराहाको लाहानमा शनिबार पक्राउ परेका पाँच जनामध्ये तीन जनमाथि राज्यविरुद्धको अपराध तथा कसुर साजाय ऐन अन्तरगत मुद्दा चलाइएर विशेष अदालत काठमाडौं पठाइएको छ ।राज्यविरुद्धको अपराध मुद्दामा विश्नुपुर कटीका ४० वर्षीय चन्देश्वर महतो, लाहान ८ का ३० वर्षीय विष्णुदेव चौधरी र लहान १३ का २६ वर्षीय सुदिपराज कुशवाहा परेका छन् ।पक्राउ मुद्दा चलाइएकाहरुको विशेष अदालतबाट म्याद थप हुन सक्ने उपाध्यक्ष सिंहले बताए ।यसअघि गठबन्धनका संयोजक डा।सीके राउतमाथि पनि राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि उनले सफाई पाईसकेका छन् ।


madhesh-aim

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »