सिरहामा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण

Domain Registration Nepal प्रकाशित समय 1:16:00 AM
राम नारायण पंडित, सिरहा, ०१ माघ । सिरहामा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लागु औषधबिरुद्धको अभियान भन्ने मुल नाराका साथ लागुऔषध नियन्त्रण सम्बन्धी विधालय अभिमुखीकरण कार्यक्रम सिरहाको गोलबजारमा रहेको भिजन ईन्टरनेसनल एकेडेमीमा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको अगुवाईमा गरिएको अभिमुखिकरण कार्यक्रमा विद्यालयमा अध्यानयरत कक्षा ९ र १० का ६० जना छात्र छात्राहरुलाई  पावर प्वाईन्ट प्रोजेक्टरको माध्यमद्धारा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी दिईएको थियो । ईलाका प्रहरी कार्यालय गोलबजारले तयार पारेको लागु औषधबिरुद्ध जनचेतना मुलक हाते पुस्तिका समेत कार्यकममा बितरण गरिएको थियो । 


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »