जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने : महतो

Domain Registration Nepal प्रकाशित समय 9:44:00 PM
सप्तरी,८ माघ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने चेतावनी दिएका छन् । सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल मागसम्बोधन हुनुपर्नेमा जोड दिए महतोले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे ।मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन नभएकै कारण देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो । उनले वार्ताको नाममा सरकार आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको भन्दै अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबीसमेत गरे । बिहीबार साँझ पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »