सिरहामा जनतान्त्रिक तराई जनशक्ति पार्टीले गरे बम बिस्फोट

Domain Registration Nepal प्रकाशित समय 4:37:00 PM
राम नारायण पंडित, राम भरोसी यादब, सिरहा, २९ पौष ।सिरहामा मंगलबार साँझ बम बिस्फोट भएको छ । सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेटेल पम्पमा बम बिस्फोट गरिएको छ । ५ महिना देखि तराई मधेशमा आन्दोलन जारी रहेपनि गोपाल पेटेल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक तराई जनशक्तिका केन्द्रिय अध्यक्ष धर्ती सिंह फोन मार्फत संचारकर्मीहरुको जानकारी गराएका हुन् ।  ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरे । जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्बमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंह सहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गराएको बताईएको छ । बम बिस्फोटले स्थानियहरु त्रसित भएका छन् । यसैबिच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने  सभासदहरुलाई पनि सरकार छाडे्र तराई झर्न आहबान गरिएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »