रंगेली घटनालाई लिएर मधेसी मोर्चाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझायो

Domain Registration Nepal प्रकाशित समय 6:02:00 AM
काठमाडौं,१० माघ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनका क्रममा न्युनतम मानवअधिकारको ख्याल गर्न सरकार र आन्दोलनरत मधेसी मोर्चालाई आग्रह गरेको छ । आयोगले आन्दोलनका क्रममा हिंसात्मक घटना हुन नदिन पनि दुबै पक्षलाई सचेत गराएको छ ।मोरङको रंगेलीमा भएको आन्दोलनका क्रममा सरकारले मानव अधिकारको उल्लंघन गरेको भन्दै ज्ञापनपत्रबुझाउन पुगेको मोर्चाको टोलीसँग कुरा गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले आन्दोलनका कारण विकास निर्माणको कामसमेत अबरुद्ध भएको बताए । उनले नियन्त्रणका उपाय हुँदाहुँदै ताकेर गोली हान्नु गलत भएको बताए  ।आन्दोलनमा साम्प्रदायिकताको खतरा देखिनु पनि गलत भएको शर्माको भनाई छ । उनले घटनाबारे आयोगले निष्पक्ष अनुगमन गरिरहेको जानकारी दिए ।मोरङको रंगेलीमा प्रहरीले हानेको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । मधेसी मोर्चाले सरकारले मानवअधिकार उल्लंघन गरेर गोली चलाएको आरोप  लगाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »