मधेश आन्दोलनमा योगदान पु(याएको भन्दै पत्रकारलाई सम्मान

Domain Registration Nepal प्रकाशित समय 10:40:00 PM
काठमाडौं, १८ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासघ ९फोनिज० को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पृुरस्कार २०१६ घोषणा गरिएको छ । गत शनिबार युकेको अल्डसटमा बसेको फोनिजको बैठकले मधेश आन्दोलनमा योगदान गरेवापत भैरहवाका पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ ।
वि।स। २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर छहरा नामक साप्ताहिक पत्रिका निरन्तर ३९ वर्ष प्रकाशन तथा सम्पादन गरि समाजको चेतनामा पुरयाएको योगदान वापद पत्रकार गोपाल छाङ्छालाई यस बर्षको सम्मान र जारी मधेश आन्दोलनमा ६२ जनाले शहादत प्राप्त गरेको आन्दोलन माथि राज्यको क्रुर दमन र जनताको आवाजलाई निष्पक्ष सम्प्रेषण गरेवापत भैरहवा साप्ताहिकका सम्पादक तथा स्वतन्त्र पत्रकार रामविकास चौधरीलाई पनि नगद सहित यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालबाट युके पुगेका नेपाल पत्रकार महासङ्घ नेपालका केन्द्रीय महासचिव उजीर मगरलाई फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेलाले खाद्दा र सम्मानपत्रद्धारा स्वागत गरेका थिए । त्यस्तैगरि युकेमै पत्रकारिता विषयमा स्नाकोत्तर गरेकी शिला लिम्बुलाई धन्यवाद दिएका थिए ।

प्रत्येक वर्ष प्रदान गरिने फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मानका लागि वरिष्ठ पत्रकार तथा रेडियो विजिडब्लुएसका निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले ५ वर्षका लागि प्रायोजन गर्ने सहमति पत्रमा पनि हस्ताक्षर भएको छ । सम्मान र पुरस्कार नगद रु पन्ध्रपन्ध्र हजारको रहनेछ । बैठकलाई महासचिव प्रमिला लाबुङ राईले संचालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »