आन्दोलन समाप्त भएको सपना नदेख्न यादवको चेतावनी

Domain Registration Nepal प्रकाशित समय 11:19:00 PM

संघर्षका लागि तयार रहन राजधानीवासीलाई आह्वान

काठमाडौं, २४ माघ । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस समाप्त भएको दिवासपना नदेख्न चेतावनी दिएका छन् ।
साथै उनले जारी संघर्षलाई निर्णायक बनाउन राजधानी केन्द्रीत आन्दोलनका लागि तयार रहन काठमाडौंबासीलाई आह्वान गरेका छन् ।
काठमाडौंका नेवार र वरिपरिका तामाङ समुदायलाई आन्दोलनमा सहभागी भई यसलाई निष्कर्षमा पुर्याउन अध्यक्ष यादवले आह्वान गरेका हुन् । ‘उपत्यकाभित्रका नेवार र तामाङ समुदाय संघर्षमा नउत्रिदाँसम्म सरकारले घुडाँ टेक्दैन’– ल्होछारको अवसरमा समाजवादी तामाङ संघले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘उत्पीडित जनतालाई अधिकार दिने सवालमा सरकार संवेदनहीन देखिएकोले उपत्यकाबासी सडकमा उत्रिनुको विकल्प छैन ।’
मधेशी, नेवार र तामाङ समुदाय संयुक्त रुपमा संघर्षमा उत्रे मात्र जारी आन्दोलन आन्दोलन उत्कर्षमा पुग्ने उनले बताए ।
‘अहिले जारी रहेको लडाई मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम लगायत उत्पीडित एवं सीमान्कृत समुदायको अस्तित्वको लडाई भएकोले अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदैँन’, उनले भने, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ ।’
भूकम्प पीडितको बिचल्ली हुँदा पनि सरकार तमासे बनेको यादवको आरोप छ । ‘चिसोयाममा भूकम्प पीडितको बिचल्ली छ । लोडसेडिङले जनता अक्रान्त छन् । इन्धन अभावले चरम सास्ती खेप्नु परेको छ । कालो बजारिया हावी भएर महँगी आकासिएको छ । तर पनि सरकार आफ्नो गल्ती कमि कमजोरी ढाकछोप गर्न उद्दत छ’– उनले भने । भ्रष्ट सरकारले आफ्नो कमजोरी लुकाउन वार्ता र आन्दोलनलाई बेवास्ता गरेको उनले आरोप लगाए ।
अध्यक्ष यादवले वार्ता मार्फत् समाधानका लागि आफूहरु हदैसम्मको लचक र गम्भीर भएपनि सरकार आफैले वार्तामा गम्भीर नदेखिएकोले आन्दोलन जारी राख्नुको विकल्प नभएको बताए । साता दिनअघि मात्रै फोरम नेपालको केन्द्रीय कार्य समिति बैठकले जारी आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »