जेपी र मातृका भूमिगत समूहसँग कार्यगत एकता गर्ने

Domain Registration Nepal प्रकाशित समय 8:50:00 PM
 जलेश्वर, ३ फागुन । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता र राष्ट्रिय आन्दोलन संघर्ष समितिका संयोजक मातृका यादवले मधेशमा भूमिगत संघर्षरत संगठनसँग कार्यगत एकता गर्ने भएका छन् । गुप्ता र यादव जनतान्त्रिक तराई मुक्ति मोर्चासँग कार्यगत एकता गरी आन्दोलनको रणनीति तयार गर्ने स्रोतको दाबी छ ।

जनतान्त्रिकका राष्ट्रिय अध्यक्ष डा। मनोज मुक्ति ९विवेकले ०‘हाम्रो वार्ता अन्तिम चरणमा रहेको र चाडै आममुक्तिकामी जनताको आवाज बुलंद गर्दै पुर्ण शान्तिपुर्ण आन्दोलन गरि हक अधिकारको लडाई लडन हामी एकतावद्ध भई आउने’ जनाएका छन् । साथै उनले हतियारबारे भने हतियार अधिकारको विकल्प नभएको भन्दै तत्काल हथियार उठाउनु पर्ने आवश्यक्ता नरहेको बताए ।

सडकको शक्तिलाई वैकल्पिक शक्तिमा रुपान्तरण गरि क्रान्तिकारी शक्ति एकिकरण गर्न लागेको भन्दै उनले आफुहरुको आन्दोलनले जारी आन्दोलनलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »