मधेशको आन्दोलनको समर्थनमा सरस्वती पुजा

Domain Registration Nepal प्रकाशित समय 6:13:00 AM
राम नारायण पंडित, सप्तरी, ०३ फाल्गुन । मधेश आन्दोलनको समर्थनमा सप्तरीमा र्याली प्रदर्शन गरिएको छ । लामो समय देखि जारी रहेको मधेश आन्दोलनमा एकेबद्धता जनाउँदै सप्तरीको मौबाहा गाविस ९ दुधैला टोलमा भव्य रुपमा श्रीपंचमी अर्थात सरस्वती पुजा मनाईएको छ । राष्ट्रिय प्राथमिक विद्यालय र गाँउमा आयोजना गरिएको सरस्वती मुर्तीहरुलाई एक ठाउँमा जम्मा गरि गाजँबाजा सहित र्याली प्रदर्शन गरिएको थियो । स्थानियबासीहरुको अगुवाईमा निकालिएको एकेबद्धता र्याली मौवाहा गाबिसको बिभिन्न स्थान हुँदै मल्हनिया गाबिसको साथै सिरहा र सप्तरीको सिमानामा रहेको बलान नदिको परिक्रमा गर्दै मुर्तिलाई सेलाईको थियो । मधेशमा विगत ६ महिनादेखि जारी आन्दोलनमा वर्तमान सरकारले ध्यान नदिएको भन्दै जारी मधेश आन्दोलनलाई लक्ष्यमा पु¥याउन र माग पुरा गर्न विदाकी देवी सरस्वतीले वर्तमान सरकारलाई सदबुद्धि पु¥याऔस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको  थियो । ¥यालीमा स्थानीयबासी, युवा, विद्यार्थी, बालबालिका, अभिभावक, बिभिन्न राजनितिक दलका प्रतिनिधि सहित हजारौको सहभागितामा रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »