प्रहरीले नै पैसा चोर्दै हिँडेपछि

Domain Registration Nepal प्रकाशित समय 10:29:00 PM
काठमाडौं – आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन । स्वयम्भू वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ ।छड्के जाँचका क्रममा नागढुंगाका प्रहरीले सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको तथा स्वयम्भुका मुद्दा शाखाका प्रहरीले पनि सोही प्रकृतिको आचरण देखाएकाले परिसर तानिएको हो ।त्यसैगरी नयाँ बसर्पाकका सई निर्मल ज्ञवाली भने १ लाख रुपैयाँ चोरी भएको आरोपमा परिसरमा तानिएका छन्। मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेकाको गोजीबाट पैसा चोरेको अभियोगमा उनलाई तानिएको हो। आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »