नियमित शिक्षक बस्ने गरेमात्र विद्यालय शिक्षामा सुधार आउँछ

Domain Registration Nepal प्रकाशित समय 4:17:00 AM
सिरहा, १२ फागुन । शिक्षा क्षेत्र सुरकोलागि छलफल र अन्तकृया भन्दा कार्यान्यन पक्षमा जोड दिनुपर्ने वेला आएको प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताए । आजसम्म आईपुग्दा हामीसँग विद्यालय शिक्षा सुधारकालागि धैरै राम्रा राम्रा नीतिहरु बनिसकेको भन्दै कार्यान्वयनलाई जोडिदिनु पर्ने बताउनु भएको हो ।
शिक्षा मन्त्रालय, मन्त्रालय शिक्षा विभाग, एनसीई नेपालको आयोजना र दलित जनकल्याण युवा क्लव, लहान १० संयोजनमा सिरहा सदरमुकाममा सम्पनन ‘विद्यालय शिक्षाकालागि एकीकृत समता रणनीति २०७२’ कार्यान्वयनका लागि सुझाव संकलन गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अवको दिनमा विद्यालय शिक्षा सुधारकोलागि सवैले एकढिक्का भई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।
सोही क्रममा शिक्षक विद्यालयमा गएर १० देखि ४ बजेसम्म बसेमात्र पनि प्राथमिक शिक्षामा धेरै सुधार आउने जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताउनु भएको छ । शिक्षा अधिकारी महतोले अहिले तराईका अधिकाम्स प्राथमिक विद्यालयहरुमा शिक्षक नै नियमित उपस्थित नहुने समस्या रहेको भन्दै ६ घन्टामात्र शिक्षक विद्यालयमा बस्नेहोभने विद्यालय शिक्षामा सुधार आउने बताउनु भएको हो ।
तराईमा रहेका धेरैजसो प्राथमिक विद्यालयका शिक्षकहरु विद्यालय नियमित नपुग्नु नै समस्या रहेको भन्दै, ‘शिक्षकहरु विद्यालयमा र विद्यार्थी विहान १० देखि ४ बजेसम्म कक्षा कोठामा रहेनेको भनेपनि धेरै विद्यालय शिक्षामा धेरै सुधार  आउँछ ।’
मन्तव्यकै क्रममा अधिकारी महतोले सवैक्षेत्रका कर्मचारीहरु प्रत्यक दुईवर्ष पछि सरुवा हुन्छ तर, शिक्षकले नियुक्ति भएकै ठाउँबाट रिटायर हुन्छ यो पनि शिक्षा क्षेत्रको चुनौती रहेको जीकिर गरे । उनले शिक्षकहरुको पनि प्रत्यक दुईवर्ष पछि सरुवा हुने हो भने पनि यस क्षेत्रमा सुधारको आशा गर्न सकिने बताए ।
सामुदायीक विद्यालयमा दलितकै नानीहरु धेरै पढ्ने भएपनि विद्यालय दलित मैत्री बन्न नसकेको प्रति कार्यक्रमका सहभागीहरुले तिन्ता व्यक्त गरेक थिए । जिल्लामा अझैपनि डोम समुदायका नानीहरुमाथि जातीय रुपमै शिक्षकहरुबाटै दुरव्यवहार हुनेगरेपनि सरोकारवालाहरुको त्यस तर्फ ध्यान नगएको दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश कुमार विशुन्खेले बताए । उनले जसका कारण पनि दलितका नानीहरु विद्यालयमा नियमित नजाने गरेको बताए ।
कार्यक्रममा जिल्ला विकास, महिला तथा बालबालिका कार्यालय, कृषि कार्यालयका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । उहाँहरुले आफूहरुको जिम्मेवारी मन्त्रालयस्तरबाटै समन्वय गरेर आए काम गर्न सजिलो हुने विचार ब्यक्त गरे ।
कार्यक्रमको सहजीकरण क्लवका कार्यकारी अधिकृत विनोद विशुन्खेले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »