हिमालय सुगर मिल ठुलो क्षति हुनबाट जोगियो

Domain Registration Nepal प्रकाशित समय 5:56:00 AM
राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । सिरहामा रहेको हिमालय सुगर मिल ठुलो क्षति हुनबाट जोगिएको छ । सिरहाको चन्द्रअयोध्यापुरमा रहेको हिमालय सुगर मिलमा आज (आइतबार) भएको आगलागी समयमा नियन्त्रणमा आएकोले मिल ठुलो क्षति हुनबाट जोगिएको छ । मिलमा घर्षणको  कारणले उत्पन्न भएको झिल्को नजिकै रहेको उखुको खोयामा (सिठी) सल्किएको थियो । आगो करीब एक घण्टा लगाएर स्थानियबासी, मिलको कर्मचारी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएकोले ठुलो क्षति हुनबाट जोगिएको मिलले जनाएकोे छ । आगलागीमा परी करीब २ लाख मोलबराबरको क्षती भएको अनुमान गरिएको छ । करीब ४ अरबको लगानीमा संचालनमा आएको हिमालय सुगर मिल नेपालको साथै सिमाबर्ती मधुबनी जिल्लामा रहेको सुगर मिल मध्ये ठुलो रहेको बताइएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »