चाँदीका तयारी गरगहना सहित एक पक्राउ

Domain Registration Nepal प्रकाशित समय 5:58:00 AM
राम नारायण पंडित, सिरहा, २० माघ ।सिरहा प्रहरीले चाँदीका तयारी गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको गस्ति टोलीले चाँदीका तयारी गरगहना सहित सिरहा नगरपालिका ७ बस्ने किसुन साह गुप्ताको ३० बर्षीय छोरा रोशन प्रसाद गुप्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिषेश सुराकीको आधारमा खटिएको प्रहरी टोलीले आज (बुधबार) सिरहा नगरपालिका १२ स्थित सारस्वर गुलरिया कच्ची सडक बाटोमा भारतबाट नेपाल तर्फ स ६ प ४१२८ नं. को मोटरसाईकलमा सवार भई आईरहेको गुप्तालाई रोकेर तलासी गर्दा मोटरसाईकलको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा ८ केजी १०० ग्राम बरावर तौलका चाँदीका बिभिन किसिमका तयारी गरगहनाहरु बरामद भएको छ । गुप्ताको साथबाट चाँदीका बिभिन्न किसिमका तयारी गरगहनाहरु बरामद भएपछि नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 




सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »