दलित जागरण केन्द्र गोलबजारले गरे कम्बल बितरण

Domain Registration Nepal प्रकाशित समय 11:35:00 PM
मुकेश यादब, सिरहा, २२ माघ ।नेपाल दलित जागरण केन्द्र गोलबजारले सिरहाले कम्बल बितरण गरेको छ । सिरहाका तीन गाविसका हरुवा चरुवालाई बिहिवार नेपाल दलित जागरण केन्द्र गोलबजारले निःशुल्क कम्बल वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण चिसो धान्न नसकेपछि सिरहाको असनपुर, मुक्सार र अर्नमा प्र.रा. गाविसका ३२ जना हरुवा चरुवा परिवारलाई कम्बल वितरण गरेको हो । केन्द्रद्धारा गोलबजारमा आयोजित कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले हरुवा चरुवालाई कम्बल हस्तातरण गर्नुभयो । यसैविच, दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी हुनुभएका डा. मानबहादुर विश्वकर्मालाई केन्द्रका अध्यक्ष संजय महराले प्रजिअ विकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »