नेपालले दियो भारतलाई १७० रनको लक्ष्य

Domain Registration Nepal प्रकाशित समय 12:07:00 AM

काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।  बंगलादेशको   फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा टस     हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा   ८    विकेट  गुमाएर १६९ रन बनायो ।
नेपालका लागि सुन्दिप सुनारले सर्वाधिक ३७ रन बनाए । उनले ७३ बल खेलेर ४ चौका प्रहार गरेका थिए । यसैगरी राजविर सिंहले ३५, प्रेम तामाङले २९ र आरिफ शेखले २६ रन जोडे । यसअघि नेपालले न्यूजिल्याण्डलाई २३ रनले हराएको थियो भने आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

भारतले ९ ओभरमा कुनै पनि बिकेट नगुमाई १२४ रन बनाएर खेलिरहेका छन् । क्रिजमा ईसान किसान  ४१ रन र रिशभ पन्त ७८ रन बनाएर खेलिरहेका छन् । आजको खेल   जिते नेपाल समूह विजेता बन्ने छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »