सिरहाको विष्णुपुरकट्टीमा भएको आगलागी नियन्त्रणमा

Domain Registration Nepal प्रकाशित समय 5:55:00 AM

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । सिरहाको विष्णुपुरकट्टीमा भएको आगलागी घण्टौको प्रयासले नियन्त्रणमा लिईएको छ । जिल्लाको विष्णुपुरकट्टी १ भर्लैनीमा आज (आइतबार) भएको भिषण आगलागी नियन्त्रणमा आएको छ । स्थानिय मणिकलाल यादवको घरबाट सुरू भएको आगलागीले भोर्लेनी टोलका ५० भन्दा बढी घर जलेर नष्ट भएको छ । आगो लहान, राजविराज र धनुषाबाट आएको वारुणयन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी,  नेपाली सेनाको साथै स्थानियबासीको सहयोगमा करीब ३ घण्टापछि नियन्त्रणमा लिर्ईएको छ । हावा चलेको कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । आगलागी बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »