६ महिनाको मधेश आन्दोलन , हात लाग्यो शुन्य ?

Domain Registration Nepal प्रकाशित समय 10:51:00 PM

  विकास ठाकुर 

करिव ६ महिना सम्म मधेशी जनताको उत्साहजनक सहभागीता र मधेशी मोर्चाको नेतृत्वले मधेश आन्दोलन चल्यो । आन्दोलनकै क्रममा मधेशी मोर्चाले भारतीय सीमामा नाकाबन्दी पनि गरे । मधेश आन्दोलन र नाकाबन्दीले देश पुर्णरुपमा अस्तव्यस्त हुनुका साथै तस्कर र कालाबजारीयाहरुको चंगुल फसिसकेको छ, स्थिति सहज हुन अहिले पनि केही महिना लाग्ने निश्चित छ । आन्दोलनको क्रममा नेताहरु तस्करीको नाईके बनेर बिश्वास गर्न नै नसक्ने अनुपातमा पैसा कमाए । तर धेरै जसो ठाउँमा जनता भोकै बस्न बाध्य पनि भएकै थिए । भोकै पेटमा पनि अधिकारको नाममा गरिएको आन्दोलनमा जनताको सहभागीता भने कहिल्यै कम भएन् । केही मधेशी नेताको उग्रभाषण र केही शीर्ष नेताहरुको उग्रराष्ट्रबादको भावना, मधेशलाई लक्षित गर्दै दिइएको अराजक बयानहरु कै कारण मधेश आन्दोलनको शुरुवात भएको थियो । आन्दोलन र नाकाबन्दीले देशमा आपुर्ती असहज हुन थालेपछि भारतलाई पनि गाली गरियो । कहिले हिन्दु राष्ट्रको नाममा, कहिले बिखण्डनको नाममा त कहिले नदीनालाको नाममा उग्रराष्ट्रवादीहरुले भारतलाई गाली गर्दै आफुलाई राष्ट्रवादी नेताको रुपमा चिनाउने प्रयास गरे । मधेशी जनता न त भारतको ईशारामा, न त मधेशी नेताको ईशारामा आन्दोलनमा होमिएका थिए । उनीहरु सदियौदेखिको बिभेदको अन्त्य, हक अधिकार र समानताको लागि आन्दोलन गरेको स्पष्ट छ । तर, मधेशी नेताले फेरी जनतासँग विश्वासघात गरेका छन् ।
मधेशी नेताको अदुर्दशी सोच र सत्ता लालचकै कारण मधेशी जनता बारम्बार ठगिएका छन् । २०६३र६४को मधेश आन्दोलनमा पनि मधेशी जनता आफ्नो हक अधिकारको लागि नै लडेका थिए । तर उपलब्धि चाही शुन्य नै भएको थियो । मधेशी नेताहरु सरकारसँग वार्ता गरेर सत्तामा पहुँच बनाउन नै आन्दोलनलाई सुरक्षित अवतरण गराएका थिए ।
६ महिना लामो मधेश आन्दोलनमा पहाडका जनता भन्दा मधेशी जनताले नै बढी दुख भोगे । ४ दर्जन जति मधेशी सपुतहरुले शहादत पनि दिए । मधेशका उधोग, कलकारखाना, यातायात, शिक्षण संस्था ठप्प भयो । मजदुरहरुले काम गर्न पाएन्न, बिधार्थीहरु पढ्न पाएनन् भने व्यापारीहरुलाई ठूलै घाटा भयो । कलिला उमेरका बालबालिकाहरुमा राज्यसत्ता बिरुद्ध घृणा उत्पन्न भयो । कलम हुने हाथमा पार्टीको झण्डा, ब्यानर र लाठी ठमाईयो । अब भने ती बालबालिकाहरुको ध्यान पढाई गर्नु भन्दा राज्यसत्तालाई गाली गर्नतिर बढी केन्द्रित भएको छ । राजनीतीमा अराजक व्यक्तिभन्दा शिक्षित व्यक्तिलाई बढी मान्यता दिइन्छ । यही अबस्थामा ती बालबालिकाहरु हुर्किए भने आउने पुस्ता पनि अशिक्षित हुने निश्चित छ र अशिक्षित व्यक्तिले न त अधिकारको लागि काम गर्न सक्छन्, न त देश हितको लागि ।

मधेश भन्दा परिवारबाद र जातीवाद नै बढी हाबी रहेको मधेश केन्द्रित पार्टी र तीनका अध्यक्षहरु आफ्नो परिवार र स्वजातीको वर्चस्व स्थापीत गर्न मै लागि परेको छ । उपेन्द्रले राजेन्द्रलाई, राजेन्द्रले महन्थ र महेन्द्रलाई स्वीकार्न नसक्नुको प्रमुख कारण पनि जातीवाद नै हो ।

मधेश केन्द्रित पार्टीका नेतृत्व गर्ने अधिकांश नेताको छोराछोरी बिदेशमा अध्यनरत्त छन वा कतिले पढाई सिद्धाई सकेका छन् । हुनत शीर्ष पार्टीका नेताहरुको छोराछोरीको शिक्षा बिदेश मै हुने गरेको छ, र उनीहरुले पनि जनताका छोराछोरी शिक्षा प्रति प्रोत्साहन गर्नु भन्दा पार्टीको गतिबिधिमा लगाउने गरेका छन् ।
मधेशमा शिक्षा, स्वास्थ, सडक र सञ्चारको अबस्था जीर्ण छ । मधेशी नेताहरुको ध्यान बिकास प्रति किन केन्द्रित छैन त रु अधिकार लिएर मात्रै के नै गर्न सकिन्छ जबकि आधारभुत बिकास मधेशमा भएन भने ।
२०६३र६४ को मधेश आन्दोलन पछि मधेशी नेताहरु हरेक मन्त्रालयका मन्त्री भए । बिजय कुमार गच्छदार अहिले उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री छन् । बिगतको समयमा पनि उनी भौतिक र गृह मन्त्री भइसकेका छन् । त्यसतै उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्र मन्त्री, राजेन्द्र महतो९स्वास्थ मन्त्री०, सर्वेन्द्र नाथ शुक्ल९शिक्षा मन्त्री०, अनिल झा९उधोग मन्त्री०, महेन्द्र राय यादव९सिचाई मन्त्री०, जेपी गुप्तार राजकिशोर यादव९सञ्चार मन्त्री हृदयेश त्रिपाठी ९भौतिक मन्त्री० बनेकै हुन् । तर उहाहरुलाई सरकारमा रहुन्जेल न त मधेशको अधिकार याद आयो, न त मधेश र मधेशी जनताको बिकास ।
सत्ता प्राप्तीको लागि मात्रै प्रयोग गर्ने मधेशी नेताहरुले जनतालाई तुलनात्मक रुपमा कुनै खास उपलब्धि दिन सकेका छैन् ।
समय आएको छ नेताहरुको दोधारे चरित्रलाई पर्दाफास गर्ने । नेताहरुको बोलीमा फसेर आन्दोलन गरेर उनीहरुलाई सत्तामा पुर्याउनु भन्दा हामी कसरी नेपालमा हाबी हुन सक्छौ भने तिर सोच्दा बेस हुन्छ । हामी कसरी मधेशलाई बिकसित बनाउन सक्छौ, सोचेर काम गर्दा बेस हुन्छ ।
मधेश भन्दा परिवारबाद र जातीवाद नै बढी हाबी रहेको मधेश केन्द्रित पार्टी र तीनका अध्यक्षहरु आफ्नो परिवार र स्वजातीको वर्चस्व स्थापीत गर्न मै लागि परेको छ । उपेन्द्रले राजेन्द्रलाई, राजेन्द्रले महन्थ र महेन्द्रलाई स्वीकार्न नसक्नुको प्रमुख कारण पनि जातीवाद नै हो ।
मधेशलाई अधिकार सम्पन्न बनाउन हामी जातीवादवाट माथि उठ्नै पर्छ । जातीय लडाईकै कारण सिरियाको अबस्था जीर्ण र दयनीय छ ।
मधेशी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्याधीश, उपप्रधानमन्त्री, ठुला मन्त्रालयका मन्त्रीहरु पनि भए । हालसम्म मधेशी प्रधानमन्त्री मात्रै बन्न सकेका छैन् । बास्तवमा भन्नु पर्दा हरेक मधेशीमा समग्र नेपालको प्रधानमन्त्री बन्ने सपना हुनु पर्दछ । मधेशीले समग्र नेपालको जनताको हित हुने काम गर्नु पर्दछ । बिखण्डनको बारेमा सोच्नु पनि गलत हो । नेपाललाई समृद्ध बनाउन काम गर्नु पर्दछ । भ्रष्ट नेताहरुलाई बहिष्कार गर्नु पर्दछ, चाहे त्यो मधेशी पार्टीको होस या कांग्रेस, एमाले, माओवादी लगायत जुनसुकै पार्टीको । नेताको हालको हैसियत हेर्नुभन्दा पछिल्लो हैसियत हेरौ । आखिर कसरी कमाए त त्यत्रो पैसा नेताले त्यसको बारेमा अनुसन्धान गरी,भ्रष्टलाई कदापी साथ दिनु हुदैन ।
आन्दोलनमा हालसम्म कुनै पनि नेताका छोरा छोरी शहिद भएका छैन् । तर जनताको भावना र रगत माथि राजनीती गर्ने नेतालाई साथ दिदा हामी १ होईन, २ होईन् बारम्बार ठगिन छौ र नेताहरु सत्ताको मज्जामा ब्यस्त भईहाल्छन् ।
अधिकारको लागि आन्दोलन हुनु नराम्रो होईन । तर बारम्बार आन्दोलन गर्दै जनताको भावना माथि ठेस पुर्याउनु गलत हो ।
२०७२ भदौ १ गते देखी अधिकारको लागि शुरु भएको आन्दोलनमा नेताहरुले ‘अब कि वार आर कि पार’ नारा दिदै ठूल–ठूला भाषण गरेका थिए । तर किन फेरी आन्दोलन पनि रोकियो र नाकाबन्दी पनि खुलियो । के मधेशको माग पुरा भई सक्यो रु के मधेशीले अधिकार पाए रु पक्कै पनि होईन तर नेताहरुको व्यक्तिगत स्वार्थ चाहि अवश्य पनि पुरा हने बाला छ । मधेशी जनता भावनात्मक हुनु जरुरी छैन, यथार्थ बुझ्नु जरुरी छ ।
राज्यसत्ताले बिभेद गरेको यथार्थ हो तर के मधेशी पार्टीले मधेशी जनतालाई ठगेका छैन् । विभेद अन्त्यको लागि हामी लडन सक्छौ, तर बारम्बार ठगिए पछि हाम्रो आत्मबल नै ह्रास भएर जान्छ । मधेशमा हाल ईमान्दार र कर्तव्यनिष्ट नेताको नेतृत्वको खाचो छ । नभए हालकै नेतृत्वले मधेश मुक्ति कुनै पनि हालतमा सम्भव छैन ।
लेखक स्  हिन्दु युवा जनशक्ति संघ०नेपालका अध्यक्ष हुन्
 सभार : रातोपाटि

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »