अबैध मसला जातको काठ बरामद राम नारायण पंडित, सिरहा, २७ माघ ।

Domain Registration Nepal प्रकाशित समय 9:09:00 PM
राम नारायण पंडित, सिरहा, २७ माघ ।सिरहा प्रहरीले अबैध काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले पुर्वपश्चिम लोकमार्ग भई ट्याक्टरमा अवैध रुपमा ल्याउँदै गरेको अबैध काठ गोलबजार नगरपालिका ४ बाट बरामद गरेको छ । मंगलबार बिष्णुपरकट्टी ७ वस्ने ४२ बर्षीय भुप नारायण मण्डलले वान टेष्ट ट्याक्टरमा अवैध रुपमा मसला जातको १२ थान गोलाई काठ ल्याउदै गरेको अबस्थामा पक्राउ गरिएको छ ।  पक्राउ गरिएको  काठ सहितको ट्याक्टर तथा ट्याक्टर चालक मण्डललाई ईलाका बन कार्यालय गोलबजारमा बुझाईएको छ ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »