सिरहा प्रहरीले गरे २ लाख भन्दा बढीको इन्धन बरामद

Domain Registration Nepal प्रकाशित समय 5:55:00 AM
राम नारायण पंडित, सिरहा, २० माघ ।सिरहा प्रहरीले लाखौं मोलबराबरको बेबारिसे अबस्थामा रहेको इन्धन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले मंगलबार बिभिन्न स्थानबाट दुई लाख भन्दा बढी मोलबराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेका छन् । सिरहा नगरपालिका ७ टफिक चौक, हेमनारायण चौक र बार्ड नं. ३ मख्नाहा चौकबाट ५८ वटा ड्रममा रहेको २५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र ६ बटा ड्रममा रहेको  ३०० लिटर डिजेल बरामद गरेको छ । बरामद गरिएको पेट्रोल, मट्टीतेल र डिजलको  अन्दाजी मुल्य दुई लाख साठी हजार आठ सय पैंसठी रुपैया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद गरिएको इन्धनलाई कानुन बमोजिम कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाएको छ  ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »