गोलबजार प्रहरीले गरे प्रतिलिपी अधिकार मुद्दाका फरार पक्राउ

Domain Registration Nepal प्रकाशित समय 1:11:00 AM
राम नारायण पंडित, मुकेश यादब, सिरहा, २४ माघ ।सिरहा प्रहरीले प्रतिलिपी अधिकार मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । फरार अभियूक्तहरुलाई खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले गोलबजार नगरपालिका ३ वस्ने अबध लाल खड्गीको २१ वर्षीय छोरा सजित खडगीलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटीएको प्रहरीको गस्ति टोलीले दिपु वस्नेतको जाहेरीको आधारमा खडगीलाई पक्राउ गरिएको छ । प्रतिलिपी अधिकार मुद्दामा २०७२ जेष्ठ ४ गते वारदात घटाई  वारदात स्थलवाटै फरार रहेका खडगीलाई आज (आइतबार) आफ्नै घरमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहामा बुझाईएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »