लागुऔषध मुद्धाका फरार अभियुक्त पकाउ

Domain Registration Nepal प्रकाशित समय 11:05:00 PM
राम नारायण पंडित, सिरहा, २४ माघ । सिरहा प्रहरीले थप एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियूक्तहरुको खोजतलास गर्ने अभियान अन्र्तगत शनिबार थप एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले जिल्ला अदालत सिरहाका २०७१ असार ३० गतेको फैसलाले लागुऔषध मुद्दामा १५ दिन कैद सजाय भई फरार रहेको सिरहा अयोध्यानगर ८ बस्ने सोने लाल शर्माको २३ बर्षीय छोरा कैलाश शर्मालाई पक्राउ गरेको छ । अदालत सजाय सुनाए पछि लुकीछिपी बस्दै आएको शर्मालाई सुराकीको आधारमा पक्राउ गरि आवश्यक कारवाहीको लागी अदालतमा बुझाईएको निरिक्षक निरौलाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »