दुई सन्तान जन्माएकी अभिनेत्रीले भनिन् ‘म डेटिङमा छु’

Domain Registration Nepal प्रकाशित समय 12:58:00 AM


एजेन्सी मान्छेहरू दुई सन्तानकी आमा केट हडसन केही वर्षयता चुपचाप होलिन् भनेर अनुमानमा उत्रेका बेला ३६ वर्षे अभिनेत्रीले यथार्थ त्यस्तो नरहेको खुलाएकी छन् । ‘म डेटिङमा छु,’ उनले भनेकी छन्, एलेन डिजेरससँग, उनको सोमा ।

रिलेसनसिपमा रहे–नरहेको सम्बन्धी प्रश्नलाई भने अभिनेत्रीले हाँसेरै टारिदिइन् । एलेनले त्यस्तो किन सोधेकी थिइन् भने, केट आफूभन्दा तेह्र वर्ष कान्छा गायक निक जोनाससँग धेरै पटक देखिएकी थिइन्, सार्वजनिक रूपमै । दुवै फ्लोरिडामा निकैचोटि भेटिएका थिए, निक आफ्नो वल्र्ड टुरका क्रममा त्यहाँ रहेका बेला ।

देख्नेहरूले भनेका छन्, ‘उनीहरूले एकअर्कालाई मायालु जोडीझैँ व्यवहार गर्दै थिए । अरूले थाहा नपाऊन् भन्नेमा पनि उनीहरू उत्तिकै सतर्क थिए ।’ अर्को स्रोतले चाहिँ उनीहरू सच्चा मित्र मात्रै रहेको दाबी गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »