मोर्चा द्धारा बिरगंजमा राजेन्द्र, उपेन्द्र, महेन्द्र र महन्थको पुतला दहन

Domain Registration Nepal प्रकाशित समय 11:32:00 PM
वीरगन्ज,२४ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा सुरु भएको आन्दोलन अहिले मोर्चाकै विरुद्धमा हुन थालेको छ । विगत ६ महिनादेखि अधिकारका लागि आन्दोलित तराई–मधेशको राजनीति पृथकतावादतर्फ धकेलिँदैछ ।  ६ महिनादेखि जारी रहेको आन्दोलनमा करिब ६० जना मधेशीले शहादत प्राप्त गरेका छन् भने हजारौं मधेशी अपाङ्ग भएका छन् । आन्दोलनलाई तुहाउन मधेशी मोर्चाका नेताहरुले षड्यन्त्र गरेको भन्दै अबको आन्दोलन मधेशी नेताहरुकै विरुद्धमा हुने विभिन्न संकेतहरु देखा परिरहेका छन् ।

२०६३÷०६४ को मधेश आन्दोलनका मुद्दाहरु सम्बोधन हुन नसक्नुका कारण मधेशी नेताहरु नै रहेको भन्दै यसपटकको आन्दोलन पनि तुहाउन लागेको भन्दै मधेशी मोर्चाका शीर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र यादव र महन्थ ठाकुरको पुतला वीरगन्जमा जलाइएको छ ।

आन्दोलन संघर्ष समितिको अगुवाईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको पुतला जलाइएको हो । उनीहरुले मधेश आन्दोलन तुहाएको आरोपमा मोर्चाका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका छन् ।

मधेश आन्दोलन तुहाएको आरोपमा आन्दोलन संघर्ष समितिका आक्रोशित कार्यकर्ताहरुले मोर्चाका शीर्ष नेताहरुको पुतला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री के।पी।ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका हुन् ।

मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले प्रधानमत्री केपी ओली, काग्रेस सभापति शुशिल कोइराला, एमाओबादी अध्यक्ष प्रचण्डलाई राष्ट्रिय गद्दार र मोर्चाका शीर्ष नेतालाई मधेशी गद्दारको संज्ञा दिँदै अबको आन्दोलन शासक वर्गको विरुद्धमा मात्र नभएर मधेशीका दलका दलाल प्रवृत्तिका नेताहरुको विरुद्ध हुने चेतावनी दिएका छन् । उनले मधेशी मोर्चाका शीर्ष नेताहरुकै कारण आज आन्दोलन कमजोर हुन लागेको आरोप लगाएका छन् ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »