सरकारको रबैया नबदलिए नाकाबन्दी गर्ने महन्थ ठाकुरलेको कडा चेतावनी

Domain Registration Nepal प्रकाशित समय 12:18:00 AM
 काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्ने कडा चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा शनिवार आयोजित साक्षात्कारमा अध्यक्ष ठाकुरले भने, ‘संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संसोधन पनि त्यसरी नै गरियो, सीमांकनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि एकतर्फी रुपमा गठन गर्यो ।’ उनले यस्तै रबैया ठिक नभए फेरी नाकाबन्दी गर्ने उनको चेतावनी थियो ।

ठाकुरले सरकारले अहिले पनि दमनलाई कायम राखेको आरोप लगाए । उनले अब गर्ने आन्दोलनमा सरकार फेरि दमन र कफ्र्यू लगाउने जस्ता काम गरे हामी फेरी नाकामा गएर धर्ना दिने बताए । सरकारले मधेसी, जनजाति, थारु लगायतका उत्पीडित समुदायलाई उपेक्षा गरेर संविधान जारी गर्दा नै आफूहरु नाकाबन्दी गरेको थिए उनले थपे ।

अध्यक्ष ठाकुरले मधेसका विभिन्न जिल्लाका मधेसी नेता तथा कार्यकर्तामाथि विभिन्न झुठा मुद्दा लगाउने काम सरकारले गरेको आरोप लगाए । उनले झुठा मुद्दा लगार थुनामा राखेका मधेसी नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »