वीरगञ्ज नाका १ सय ३५ दिनपछि खुल्यो, मितेरी पुल सशस्त्रको नियन्त्रणमा

Domain Registration Nepal प्रकाशित समय 12:10:00 AM

वीरगञ्ज, २२ माघ । वीरगञ्जमा रहेको नेपाल–भारत मितेरी पुलमा रहेको आन्दोलनकारीको टेन्ट र ढाट अहिले स्थानीयहरुले हटाएका छन् । आन्दोलनकारीहरु टेन्टमा नरहेकाले स्थानीयहरुले आफै गएर टेन्ट हटाउन शुरु गरेका थिए ।स्थानीयले मितेरी पुलमा रहेको ढाड र टेन्ट हटाएपछि गोरु गढाहरु निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । अहिलेसम्म पुलमा कोही आन्दोलनकारी नदेखिए पनि ट्रकहरु भने अझै आवतजावत गर्न हिच्किचाइरहेका छन् । स्थानीयले भने उनीहरुलाई पुल प्रयोग गर्न आग्रह गरेका छन् ।गत असोज ७ गतेदेखि बन्द नाका १ सय ३५ दिनपछि खुलेको हो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुलमा सुरक्षा दिइरहेका छन् ।शुक्रबार बिहान मात्र यस नाकाबाट १० वटा नयाँ ट्राक्टर र १–१ वटा ट्रक र टिपर नेपाल भित्रिएका थिए ।आन्दोलनरत मेधसी मोर्चाले समेत आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताइरहँदा वीरगञ्जमा मोर्चाको धर्ना पनि खुकुलो बन्दै गएको हो ।मधेस आन्दोलन शुरु भएदेखि लामो समय ठप्प रहेको वीरगञ्ज रक्सौल नाकामा पछिल्लो समय आन्दोलनकारीको न्युन उपस्थिति रहँदै आएको छ । जसले गर्दा नाकाबाट फाट्टफुट्ट रुपमा सवारी भित्रिन थालेका छन् ।केही समयअघि धर्ना दिने आन्दोलनकारी नहुँदा १ सय २९ दिनपछि दुई घण्टाका लागि नाका खुलेको थियो । पहिलो पटक उक्त नाकाबाट नेपालतर्फ गाडी भित्रिएको थियो । स्रोतः रातोपाटी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »