सिरहामा गोली चल्यो, एक गम्भिर घाइते

Domain Registration Nepal प्रकाशित समय 10:11:00 PM
सिराहा, २३ माघ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सिराहा बन्दीपुर ३ का रामसोरगारथ महतो घाइते भएका छन् । महतोको पेटमा दुई गोली र हातमा एक गोली लागेको प्रहरीले जनाएको छ । महतोलाई उपचारको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महतोमाथि गोली प्रहार गर्ने व्यक्तिले नै शनिबार विहान धनुषाको गोदारमा पनि एक जना माथी  गोली प्रहार गरेको बन्दीपुर प्रहरीले बताइएको छ ।    बन्दीपुरमा रहेको सहारा पाठशालका शिक्षक महतोमाथि पर्ताहामा भएको पेट्रोल पम्पबाट तेल भरेर फर्किँदै गर्दा कमलापुलमा गोली प्रहार भएको ज्ञवालीले बताए । प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ । तर, गोली प्रहार गर्ने तीनै व्यक्ति भए नभएको विषयमा भने यकिन हुन बाँकी रहेको छ.। गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले  चेकपोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।




सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »