सिरहामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Domain Registration Nepal प्रकाशित समय 9:55:00 PM
राम नारायण पंडित, सिरहा, २६ माघ ।सिरहामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रम अन्तर्गत गोलबजार प्रहरीले सोमबार लागुऔषध सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाले प्रोजेक्टरको माध्यमले सहभागि बिद्यार्थी र शिक्षकहरुलाई अभिमुखिकरण गरेका हुन । गोलबजार ४ मा रहेको माउन्ट ऐभरेष्ट सकेन्डरी बोर्डिङ स्कुलमा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण गर्नुका साथै लागुऔषध विरुद्धको जनचेतना मुलक हाते पर्चा समेत बाडिँएको गोलबजार प्रहरीले बताए ।
                                            

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »