प्रधानमन्त्री ओलीलाई दिल्लीमा कालो झण्डा देखाउने तयारी

Domain Registration Nepal प्रकाशित समय 5:18:00 AM
फागुन ६ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँ दिल्लीमा कालो झण्डा देखाउने तयारी भएको छ ।प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीमा मधेशी–थारुहरुले कालो झण्डा देखाउनुका साथै विरोध प्रदर्शनका कार्यक्रमहरुको तयारी गरेका छन् ।युनाइटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले दिएको जानकारीअनुसार मधेशी–थारु–आदिवासी जनजातिहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने छन् ।भोलि भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्रीको विरोधका लागि कार्यक्रमहरु तय भइरहेको यादवले बताए ।उनले भोलि प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रधानमन्त्रीको विरोधमा कार्यक्रमहरु हुने बताए । उनले नेपाली दुतावास अगाडि पनि प्रदर्शन हुन सक्ने जनाए । विरोधका कार्यक्रमहरुको समय र स्थान भने गोप्य राखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »