बन्दुक सहित २ युवक प्रहरी फन्दामा

Domain Registration Nepal प्रकाशित समय 9:18:00 PM
राम नारायण पंडित, सिरहा, ०५ फाल्गुन । सिरहा प्रहरीले भरुवा बन्दुक सहित २ जना युबकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलका कमाण्डमा  बिषेश सुराकको आधारमा मंगलबार खटिएको प्रहरीको गस्ती टोलीले गोलबजार ३ जम्दहबाट एक नाले भरुवा बन्दुकमा वारुद भर्दै गरेको अवस्थामा दुई जना युबकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका ३ जमदह बस्ने २६ बर्षीय मोति सदाय र २२ बर्षीय राम कुमार भुजेल रहेका छन् । उनीहरुको साथबाट एक नाले भरुवा वन्दुक १ थान, बारुद १ के.जी. तथा बारुद वनाउन प्रयोग गरिने फलामको छर्रा सहितका सामाग्रीहरु बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको
छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »