किर्ते मुद्दामा फरार रहेका अभियुक्त २८ बर्ष पछि पकाउ

Domain Registration Nepal प्रकाशित समय 4:42:00 PM

राम नारायण पंडित, सिरहा, २८ माघ । सिरहा प्रहरीले किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई २८ बर्ष पछि पकाउ गरेको छ । अदालतवाट कैद तथा जरिवाना सजाय भएका फरार अभियूक्तहरुको खोजतलाश गर्ने अभियान अन्र्तगत बुधबार किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पकाउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटीएको प्रहरीको गस्ति टोलीले चन्द्रउदयपुर ६ वस्ने पदम बहादुर जिम्बाको ७७ बर्र्षीय छोरा राम लाल तामाङ्ग जिम्बालाई पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाका मिति २०४४ असार ९ गतेको फैसलाले किर्ते  मुद्दामा ६ हजार ५ सय जरिवाना सजाय भई फरार रहेका जिम्बालाई पक्राउ गरिएको छ । आफ्नै घरमा लुकीछिपी वसिरहेको अवस्थामा पक्राउ गरी जिम्बालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहामा बुझाउने तयारी भईरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »