मधेशमा जातीय विभेदको अन्त्य नभएसम्म सामाजिक सन्तुलन नहुने : मन्त्री पासमान

Domain Registration Nepal प्रकाशित समय 11:24:00 PM
लहान, ५ फागुन । अहिलेको आन्दोलन भन्दा दलित तथा उत्पीडित वर्गलाई आरक्षणको व्यवस्था हुर्नुपर्ने भन्दै मधेशमा जातीय विभेदको अन्त्य नभएसम्म सामाजिक वातावरण सन्तुलन नहुने वातावरण मन्त्री विश्वेन्द्र पासमानले बताउंनुभयो

लहान चमार आन्दोलनलाई स्मरण गर्दै वातावरण मन्त्री विश्वेन्द्र पासमानले आज ९४ बर्षीया सियावत्ती रामलाई सेतो साडी ओढाएर सम्मन्न गर्दै सो कुरा बताउंनुभयो । मन्त्री पासमान वातावरणमैत्री अभियानको क्रममा सिरहा, सप्तरी, सुनसरी र मोरंग भ्रमणमा हुनुहुन्छ ।
मन्त्री पासमानले जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा वातावरणीय असुरक्षा बढिरहेको भन्दै आफू वरिपरिवको वातावरण जोगाउँदै मानव जातिको साझा घर पृथ्वी जोगाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री पासमानले वातावरण संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै सिरहा सप्तरीको गरिब दलित बस्ती र स्कूल तथा अस्पतालहरुमा वैकल्पिक उर्जा सोलारको व्यवस्था गर्न कार्यक्रमहरु अघि बढाइसकेको बताउंनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »