विजय गच्छदार थारु होइन्, शासक हो : लेखी

Domain Registration Nepal प्रकाशित समय 8:56:00 PM

सिरहा । थारु कल्यणकारिणी सभाका प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले माग पुरा नभए जारी आन्दोलन ४र५ बर्षसम्म पनि लम्बिन सक्ने बताएका छन् ।

सिरहाको लहानमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा लेखीले मधेसी, थारु, जनजाती लगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन चल्ने बताए । उनले भने ‘वार्ता र सम्वादको माध्यमबाट माग पुरा गर्न सरकारलाई हाम्रो आग्रह छ । यदि माग पुरा नभए ४र५ बर्षसम्म पनि आन्दोलन चल्न सक्छ ।’

आन्दोलनमा उताव चढाब आउने गरेको बताउँदै लेखीले अब आन्दोलन विस्तारै फेरी कडा बनाउने चेतावनी दिए । उनले मधेसमा अलग अलग आन्दोलन गरिरहेका हरेक शक्ति मिलेर महागठबन्धन बनाई आन्दोलन कडा पार्ने पनि बताए ।

एक छुट्टै प्रसँगमा उनले वर्तमान सरकारका उपप्रधानमन्त्री बनेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई ‘शासक’को संज्ञा दिए । शासकको जात नहुने गरेको बताउँदै लेखीले भने( गच्छदार थारु नभई शासक रहेको आफैले पुष्टि गरेछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »